विदेशका खबर

रुसी
रुसी संसदको माथिल्लो सभाले युक्रेनबाट छुट्टिएर रुसमा बिलय हुन प्रस्ताव गरेको क्रिमियालाई रुसकै भाग बनाउने सन्धि पारीत गरेको छ । माथिल्लो सदनले उक्त सन्धी पारित गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त सन्धीमा हस्ताक्षर गरि क्रिमिया आफ्नो देशको भू–भाग भएको घोषणा गरेका छन् । यद्यपी अन्तर्राष्ट्रिय समुदायले भने क्रिमिया अझै युक्रेनको भाग भएका दाबी गरेका छन् ।
टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको मतदान प्रक्रियामा १ सय ५५ सिनेट सदस्यको उपस्थिति थियो । माथिल्लो संसदमा भएको मतदानपछि सभामुख भ्यालेन्टिना मात्भियन्कोले यो ऐतिहासिक घटनामा आँफुहरु प्रत्यक्षदर्शीमात्र नभई साक्षी पनि भएको भन्दै खुसी व्यक्त गरेका थिए ।
संसदको तल्लो सभा स्टेट डुमाले बिहीबार यसलाई पारित गरेको थियो । उक्त सन्धिको एक मात्र सांसदले विपक्षमा मतदान गरेका थिए ।
यस सन्धिले रसियाली प्रशासकीय क्षेत्रमा क्रिमिया तथा बन्दरगाह नगर सेभास्तोपोल थपिएको छ । सेभास्तोपोलमा रुसको कृष्णसागरमा रहेको नौसैनिक केन्द्र रहेको छ ।
यस अघि रुसी संघीय परिषद्ले राष्ट्रपति पुटिनलाई क्रिमियामा सेना परिचालन गर्न अधिकार प्रदान गरेको थियो ।

क्रिमिया
क्रिमियाको बिषयमा बढ्दो तनावका बिच युक्रेनलाई सहयोग बढाउन युरोपको सुरक्षा तथा सहयोग संगठनले अन्तराष्ट्रिय निगरानी दल पठाउने भएको छ । रुससमेत सहभागी युरोपेलीसंघले ६ महिनाका लागि अन्तराष्ट्रिय निरिक्षक परिचालन गर्ने भएको हो ।
अन्तराष्ट्रिय निरिक्षकहरु युक्रेनका नौ क्षेत्रमा परिचालित हुनेछन् । उनीहरुले त्यहाँका बिभिन्न भाषी र समुदायलाई सहयोग गर्नेछन् ।
अन्तराष्ट्रिय निरिक्षकहरुले रुस र अमेरिकाबिच सुरु भएको शितयुद्धले युक्रेनीमाथि पार्ने प्रभावको निगरानी र सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् ।

No comments: