दलितको नाममा जग्गा कारोबार बढ्यो कृष्ण संयोग बागलुङ, साउन


      जिल्ला मालपोत कार्यालय बागलुङमा आर्थिक वर्ष २०६६÷०६७ तुलनामा आ.व. २०६७÷०६८ मा दलितको नाममा स्वामित्व प्राप्त हुने गरी भएको जग्गाको कारोबारमा २८ प्रतिशतले वृद्वि भएको छ । 
०६७÷६८ मा दलितको नाममा ३ सय ४० को कारोबार हुँदा ३ लाख २३ हजार ६ सय ९२ रुपैया छुट भएको छ । यो आ.व. २०६६÷६७ को तुलनामा आ.व. २०६७÷६८ मा दलितका लागि छुट रकममा ५६ प्रतिशत हो । ०६६÷६७ मा २ सय ६६ जग्गाको कारोबार हुँदा २ लाख ७ हजार ९ सय ९७ राजस्व छुट भएको थियो ।
यस्तै, ०६६÷६७ को तुलनामा ०६७÷६८ मा महिलाका नाममा स्वामित्व प्राप्त हुने गरी भएको जग्गाको कारोबारमा ५ प्रतिशतले वृद्वि भएपनि ०६६÷६७ को तुलनामा ०६७÷६८ मा महिलाका लागि छुट रकममा ७ प्रतिशतले कमी आएको मालपोत कार्यालय बागलुङले जनाएको छ । ०६६÷६८ मा १२ सय २९ जग्गाको कारोबार हुँदा महिलाका लागि ३० लाख २५ हजार ४ सय ९२ र ०६७÷६८ मा २८ लाख ५ हजार ८ सय ७६ रुपैया छुट भएको छ । 
यस्तैगरी, ०६६÷६७ मा कुल ४ हजार ३ सय २९ जग्गाको कारोबार हुँदा १ करो ८३ लाख ४४ हजार ९ सय ५ राजस्व संकलन भएको थियो भने ०६७÷६८ मा ४ हजार ३ सय ८७ जग्गाको कारोबार हुँदा १ करोड ५१ लाख ८७ हजार ७ सय ७२ राजस्व संकलन भएको मालपोत अधिकृत नारायण पाण्डेले जानकारी दिए । 
६६÷६७ को तुलनामा गएको आवमा कारोबारमा सामान्य वृद्वि भएपनि राजस्व संकलनमा ०६६÷६७ को तुलनामा ०६७÷६८ मा राजस्व असुलीमा १७ प्रतिशतले कमी आएको मालपोत अधिकृत पाण्डेयले भने, ‘गत आवमा लक्ष्यको तुलनामा राजस्व संकलनमा ४ प्रतिशतले कमी आएको छ ।’ 
गएको आवमा ७० वर्षभन्दा बढी उमेकार वृद्वको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतको संख्यामा ५४ प्रतिशतले कमी आएको छ । यस्तै, धितो बन्धक पारित संख्यामा १० प्रतिशत र राजस्व असुलीमा १४ प्रतिशतले कमी आएको मालपोतले जनाएको छ । गत आवमा नामसारी, संशोधन, जग्गादर्ता, हकसापीका ८ सय ५० मध्ये ७ सय ६७ फस्यौट भएका छन् भने ८३ बाँकी रहेका छन् । 


सुटिङका पेस्तोल र राइफल खिया लागेर बिग्रिए कृष्ण संयोग बागलुङ, साउन


कुनै दिन यस्ता थिए जतिबेला राष्ट्रिय स्तरका सुटिङ् टुर्नामेन्ट हुँदा पश्चिमाञ्चलबाट बागलुङ निर्विरोध छनौट हुन्थ्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको बागलुङ जिल्लामा अहिले भने सुटिङ् खेलाडीको खडेरी छ । खेलकुद सामग्री भएर पनि सुटिङ्को प्रशिक्षक नहुँदा बागलुङबाट सुटिङ्का नयाँ खेलाडी उत्पादन हुन सकेका छैनन् ।
जिल्ला खेलकुद विकास समितीमा सुटिङ् प्रशिक्षकको दरबन्दी नभएपछि जर्मन र चीनमा बनेका २ एयर राइफल र एक पेस्तोल वर्षौदेखि थन्किएका छन् । धौलागिरी अंचल खेलकुद विकास समितीका तत्कालिन सचिव महेन्द्रमान शाक्यका पालामा ल्याईएका एयर राइफल र पेस्ताल प्रयोगमा नआएपछि अहिले खिया लागेर कामै नलाग्ने भएका छन् । 
photo of  bgl
करिब ५० हजारदेखि १ लाखसम्म पर्ने सुटिङका सामग्रीहरु खिया लागेर कामै नलाग्ने भएको जिल्ला खेलकुद विकास समिति बागलुङका निमित्त कार्यालय सचिव भीमसेन शाक्यले बताए । पञ्चायतकालीन सुटिङ् प्रशिक्षक नीलम खड्का जापान पलायन भएपछि बागलुङबाट सुटिङको दरबन्दी खारेज भएको शाक्यको भनाई छ । 

सुटिङ खेलमा राम्रो संभावना बोकेको बागलुङमा सुटिङ प्रशिक्षकको दरबन्दीको लागि क्षेत्रीय खेलकुद र राष्ट्रिय खेलकुद परिषदमा पटक–पटक माग गरिए पनि बेवास्ता गरिएको खेलकुद विकास समितीको भनाई छ । ‘सुटिङको राष्ट्रिय प्रतियोगिता हुँदा पश्चिमाञ्चलबाट निर्विरोध हुने बागलुङले बहुदल पछि प्रशिक्षकको अभाव झेलिरहेको छ’ सुटिङ प्रतियोगिता हुँदा अफिसियलको भूमिका समेत निर्वाह गरेका शाक्यले भने, ‘बागलुङका सुटिङ खेलको राम्रो संभावना छ तर, प्रशिक्षकको दरबन्दी नहुँदा सुटिङ प्रशिक्षण सुनसान छ ।’
इन्डोनेसिया, भारतका मद्रास, दिल्ली, कतार, श्रीलंका, कुवेतका भएका अन्तर्राष्ट्रिय प्रतियोगिता र अष्ट्रेलियाको सिड्नी ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने भगवती खड्का जस्ता खेलाडी जन्माएको बागलुङमा सुटिङ् खेलका गतिविधि सुनसान हुनु दुःखद पक्ष हो । जिल्ला खेलकुद विकास समिती बागलुङका अध्यक्ष बाबुलाल शाक्यले भने, ‘राष्ट्रिय खेलकुद परिषदमा सुटिङ् प्रशिक्षकको दरबन्दीको लागि तत्काल पहल गरिनेछ ।’
बागलुङमा सुटिङ् गतिविधि सुनसान हुँदा अन्तर्राष्ट्रिय खेलाडि भगवती खड्का पनि निराश छिन् । खड्का भन्छिन, ‘सुटिङ् प्रशिक्षकको लागि क्षेत्रदेखि केन्द्रसम्म धेरै पहल गरियो तर सुनुवाई कतैबाट भएन ।’ विगतमा बिना शुल्क सुटिङ प्रशिक्षण समेत दिएकी खड्काले बागलुङमा सुटिङ खेलको राम्रो संभावना देखेको बताइन् । 

कलेजमा मिनीस्कर्ट प्रतिबन्ध बागलुङ,साउन



अमृत आदर्श उच्च मावि बागलुङ कक्षा १२ व्यवस्थापन संकायमा अध्यारत शर्मिला सुनामीको मिनीस्कर्ट पहिरीएर कलेज जाने धोको अधुरै भएको छ । कारण आर्थिक अभाव होइन् । विद्यालयले मंगलबार देखि कलेज डे«समा मिनी स्कर्ट नलगाउन आग्रह गरेपछि सुनाम मात्र होइन शर्मिला मात्र कलेजमा मिनीस्कर्ट लगाउने सोचे रहेका सम्पूर्ण छात्राहरुको सपना अधुरै हुने भो ।  
छोटो डे«सको प्रयोगले छात्राहरु असुरक्षित तथा विभिन्न यौनजन्य घट्ना घट्ने सम्भावना भएकाले विद्यालयमा मिनीस्कर्टलाई प्रतिबन्ध लगाउने निर्णय विद्यालय प्रशासनले गरेको हो । पढ्ने भन्दा छोटो स्कट लगाउने प्रतिपस्र्धाले यौनजन्य र सामाजिक अपराध बढ्ने सम्भावना बढी भएकाले स्कर्ट नलागउन छात्राहरुलाई आग्रह गरेको विद्यालयका प्रिन्सिपल महेशचन्द्र प्रधानले बताए । 
‘ठाउँ र परिवेश अनुसारकै ड्रेस पहिरीनु राम्रो हो’ प्रिन्सिपल प्रधानले भने– हाम्रो समाजमा एक वित्ते कपडालाई सहजै स्वीकागर्ने स्थिति छैन् ।’ स्कट लगाउन पाइन्छ तर, घुँडा सम्म झरेको हुनु पर्ने छ । सामाजिक अपराधबाट जोगाउनुका साथै गुणस्तीय शिक्षाको लागि यस्तो आग्रह गरेका हौँ प्रधानले भने– शैक्षिक गुणस्तरमा प्रतिस्पर्धी गराई सादा जीवन उच्च विचारको भावना पैदा गर्नु गर्नेछौँ । 
कक्षा ११ र १२ मा अध्ययन गर्ने उमेर समूहनै चञ्चले हुने भएकाले विपरीत लिङग प्रतिको नकरात्मक भावनालाई केही हदसम्म नियन्त्रण गर्न यस्ता कार्यले सहयोग पु¥याउने प्रिन्सिपल प्रधानले विश्वास व्यक्त गरे । यसको कार्यान्वयनको लागि विद्यार्थीलाई कक्षा कोठावाट हटाउने सम्मको काम गरिने छ । 
विद्यालयले चालेको कदम राम्रो छ अभिभावक संघका अध्यक्ष केवी राना मगरले भने– विद्यार्थी अनुशासित र मर्यादित हुनुपर्छ ।’ विहिरी समुदायले हेर्दा पनि विद्यार्थी हुन भन्ने डे«सले पहिचान गर्नु सक्नु पर्ने अध्यक्ष रानाले बताए । विद्यालयमा अनावश्यक फेशन राम्रो नहुने भएकाले नेपाली संस्कार अनुसार विद्यार्थीहरु पनि चल्न सिक्नु पर्नेमा अध्यक्ष रानाले जोडदिए । 

विस्थापित माझीलाई वैकल्पीक व्यवस्था गरिने कृष्ण संयोग बागलुङ,साउन


बाङ्गेचौर खेलमैदान परिसरमा बस्दै आएका माझी समुदायलाई बाग्लुङ नगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने भएको छ । बाग्लुङ—पोखरा राजमार्ग निर्माणको क्रममा २०४६ सालमा निरयघाटबाट १४ माझी परिवार विस्थापित भएका थिए । विस्थापित भई खेलमैदानमा बस्दै आएका माझीलाई पुरानै नयाँ ठाउँमा आवासको व्यवस्था गर्न लागिएको हो । 

बाग्लुङ नगरपालिककाले माझीगाउँमा पुर्वाधार तयार गर्न सुरु गरेको छ । हेरक माझी परिवारलाई तीन आनाको दरले जग्गा प्रदान गरी बस्ती व्यवस्थापन गर्न लागेको नगरपालिकाले जनाएको छ । लोपोन्मुख माझीको संरक्षणको लागि जग्गा दिएर बस्ती बसाउने तयारी भैरहेको नगरपालिकाका कार्यकारी अधिकृत मुकुन्द शर्माले बताए । ‘जग्गाको प्लटिङ प्रक्रिया सुरु भैसकेको छ,’ शर्माले भने, ‘केही जग्गा अपुग भएकोले व्यक्तिको निजी जग्गा सट्टा पट्टा गर्दैछौँ ।’ 

हरेक परिवारलाई तीन आनाका दरले जग्गा उपलब्ध गराई ब्लकका घर समेत बनाउने नगरपालिकाले योजना बनाएको छ । ‘जग्गाको प्लटिङ भैसकेपछि दाताको खोजी गरेर हाउजिङ समेत बनाईदिने तयारीमा छौँ,’ शर्माले भने ‘दाताको समेत खोजी भैरहेको छ ।’ दुई दशक अगाडि विस्थापित माझी बाङ्गेचौर खेलमैदान परिसरमा छाप्रा बनाएर जिविकोपार्जन गर्दै आएका छन् । सरकारले सडक निर्माणको क्रममा मुआब्जा वा जग्गा उपलब्ध गराउने आस्वासन दिएपनि अहिलेसम्म कुनै सहयोग नगरेपछि नगरपालिकाले काम थालेको हो ।
माझी बस्ती व्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति समेत गठन भएको योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताए । ‘प्रजिअको संयोजकत्वमा समिति गठन गरेर काम अगाडि बढेको छ,’ सुवेदीले भने,‘ विभिन्न निकायसँग समन्वय गरेर काम अगाडि बढाउछौँ ।’ माझी बस्ती व्यवस्थापनको लागि लागि नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
आफ्नो लालपूर्जाको जग्गा बाटो खन्दा पुरिएपछि घर न घाट भएका माझीमा जग्गा पाउने खवरले आशा जगाएको छ । ‘मोटरबाटोले पुरेपछि सवै घरबार विहिन बनेका थियौँ, ’ बाग्लुङ नगरपालिका—१ बाङ्गेचौरमा बस्दै आएका कर्णबहादुर माझीले भने, ‘जग्गा दिएर घर बनाईदिने खबरले २२ बर्षपछि केही आशा जागेको छ ।’ माझी समुदायलाई कुनै निकायबाट सहयोग नपाएपछि दैनिकी पीडादायी छ । समय—समयमा यस्ता आश्वासन पाएपनि काम नभएको उनीहरुको गुनासो छ । ‘छँदाछँदैको जग्गा जमीन गुमेपछि सुकुम्वासी भएका छौँ,’ चन्द्रकली माझीले भनिन्–‘आश्वासन धेरै पाईयो, हेरौ काम हुन्छ कि हुँदैन ।’

प्रेमिकाको उजुरी पछि ७ दिन देखि थुनामा बागलुङ, साउन



भनिन्छ, प्रेम दुई आत्माको मिलन हो । प्रेममा जातभात, धनी गरिब अनि घात प्रतिघात केही हुँदैन । तर अफसोच, तारा–८ बागलुङका सूर्य पुन मगरको साँचो प्रेममा घात भएको छ । कसैलाई साँचो प्रेम गरेबापत मगरले अहिले प्रहरीको अत्यास लाग्दो हिरासत उपाहार पाएका छन् । ‘७ दिनदेखि प्रहरी हिरासतमा रहेका पुन भन्छन्, ‘आफ्नै भन्नेहरु बैरी भएपछि कस्को के लाग्दोरहेछ र ।’     
कक्षा १० मा पढ्दै गर्दा सोही ठाउँकी रिता कँडेलसंग प्रेम बन्धनमा बाँधिएका पुनले रिताकै आग्रहमा असार २६ गते भागी विवाह गरेका थिए । ‘रिताको आग्रहमै हामीले भागी विवाह गरेका हौ’ पुनले भने, ‘प्रेम पवित्र हुन्छ भन्ने ठानेको थिए तर आज थाहा भयो प्रेममा धोका पनि हुँदोरहेछ ।’ ‘विवाह गरेको चार दिन नहुँदै केटी पक्षले छुटाएर अहिले म विरुद्व जर्बजस्ती अपहरण र करणी मुद्दा चलाउने प्रयास गरिरहेका छन् ।’ पुनले भने । 
केटीकै दबाब अनुसार बैशाख १ गतेनै विवाह गर्ने निर्णय भएपनि विविध कारणले असारमा मात्रै भागी विवाह गरेको पुनको भनाई छ । ‘मलाई जर्बजस्ती करणी ग¥यो भनेर झुठा मुद्दा लगाउने प्रयास भइरहेको छ’ पुनले थपे ‘आफ्नै भन्नेहरुबाट यस्तो धोका होला भन्ने मैले सोचेको थिईन ।’ केटी पक्षले जर्बजस्ती छुटाएर लगेपछि पनि आफुलाई तीन दिनभित्र सार्वजनिक गर भनेर धम्की दिएको समेत पुनले बताए । 
यता, केटीपक्षले भने कँडेललाई पुनले अपहरण गरी जर्वजस्ती करणी गरेको दाबी गरेका छन् । ‘अस्पतालको रिपोर्टले पनि बालिका बलात्कृत भएको कुरालाई पुष्टी गरेको छ’ कँडेलका आफन्त हरि सुवेदीले भने ‘तर पनि प्रहरीले जर्बजस्ती करणीको मुद्धा दर्ता गर्न मानिरहेको छैन ।’ प्रहरीलाई मुद्धा दर्ता नगर्न कसैले दबाव दिएको सुवेदीको आरोप छ ।
कँडेलकी आमा राधिकाले पनि आफ्नी छोरी अन्यायमा परेको बताइन् ।  ‘उनीहरुबीच प्रेम सम्बन्ध थिएन’ उनले भनिन् ‘तर यहाँ जर्बजस्ती प्रेम सम्बन्ध थियो भनेर घटनालाई ढाकछोप गर्ने प्रयास भईरहेका छन् ।’ पुनको घरमा छोरी भेट्न जाँदा छोरी बेहोस जस्तै भएको कँडेलको भनाई छ । 
हिरासतमा रहेका पुन बिरुद्ध अपहरण र जवरजस्ती करणीको मुद्धा दर्ता गराउन प्रहरीलाई दबाब दिन कांग्रेसका जिल्लास्तरीय नेताहरु प्रहरी कार्यालयमा धाइरहेका छन् । प्रहरीका अनुसार नेपाली काग्रेसका मणिभद्र शर्मा कँडेल र पुनरावेदन बार ईकाईका अध्यक्ष भूमिश्वर गौतमले मुद्धा दर्ता गर्न प्रहरी नावय उपरिक्षक उमाप्रसाद चतुर्वेदीलाई दवाव दिईरहेको स्रोतले जनाएको छ । तर नेपाली काग्रेसका सभापति प्रकाश पौडेल र सचिव हरि खड्काले भने कानुन बमोजिमनै काम गर्न डिएसपीलाई सल्लाह दिएका छन् ।
बालिकाको मेडिकल रिपोर्टले जवरजस्ती करणी नभएको देखाएकाले जर्बजस्ती करणीको मुद्धा चलाउन नमिल्ने प्रहरीको तर्क छ । ‘जर्बजस्ती करणी र अपहरण दुवै शीर्षकमा मुद्धा दर्ता गर्ने आधारहरु छैनन्’ प्रहरी नायव उपरिक्षक उमाप्रसाद चतुर्वेदीले भने ‘प्रमाणनै नभएका मुद्धा अदालतमा लगेर कुनै अर्थ छैन ।’ 
                                                                                                                                                 कृष्ण संयोग

बिचल्लीमा परेकी बालिकालाई न्याय दिलाउन अपिल कृष्ण संयोग बागलुङ, ८ साउन


आमाले दोस्रो विवाह गरी बसोबास गर्दै आएको घर पनि बेचिदिएपछि विचल्लीमा परेकी  बागलुङ नगरपालिका वडा नं– ३ कीे १४ वर्षीय बालिका सन्तोषी रुचाललाई न्याय दिलाउन उत्पीडित दलित समुदायको संजाल बागलुङले आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । 
बालिका सन्तोषीको गाँस, बास, कपाससँगसँगै पढ्ने लेख्ने कुराको निधो नभएकोले सम्पत्ति, जीवन सुरक्षा, शैक्षिक अधिकार जस्ता आधारभूत अधिकारवाट वञ्चित भएको भन्दै संजालले जीवनरक्षा र न्यायको पहल गरिदिन प्रजिअ ख्यामबहादुर थापालाई ज्ञापन पत्रमार्फत आग्रह गरेको छ । 
ज्ञापनपत्र बुझदै प्रजिअ थापाले छिट्टै नै बालकल्याण समितीको बैठक राखी सन्तोषीको गाँस बास कपास तथा अन्य कुराहरुको व्यवस्था गर्ने  बताएका थिए । सन्तोषी हाल आफन्तको शरणमा रहेकी छन् । घर बेचेको थाहा पाएपछि पीडित बालिकाले अदालतमा लिखित बदर हक कायम सम्पत्ति फिर्ता सम्बन्धी मुद्दा दिएकोमा जिल्ला तथा पुनरावेदन अदालत बागलुङले बकसपत्र लिई बेचेकोले वदर नहुने भन्दै सन्तोषीको विपक्षमा फैसला सुनाएको थियो । जिल्ला तथा पुनरावेदन अदालतले दिएको निर्णयमा चित नबुझेपछि सन्तोषी सर्वोच्चमा पुगेकी छन् । उनको मुद्दाको पेशी सर्वोच्चले यही साउन ९ गते तोकेको छ ।
संजालले अदालतको फैसला अनुसार कर्मचारी खटाई नाबालिका सन्तोषी रुचालको लत्ता कपडा, खाने बस्ने सामान, कापी कलम, किताव समेत फाली विचल्ली पारेको प्रति गहिरो दुःख व्यक्त गरेको छ । 

विद्यालयमा मोवाईल र मोटरसाइल निषेध कृष्ण संयोग बागलुङ,


संचारको आक्रमक विकासंगै यसले मानवीय दैनिकीलाई सहज बनाएको छ भने अर्काेतर्फ यसबाट विकृतिहरु बढ्दै गएका छन् । कक्षा कोठामा शिक्षकले अध्यापन गराईरहेका बेला विद्यार्थीले बोक्ने मोबाइलका रिङटोन बजेर हैरान भएपछि बागलुङको एक विद्यालयले विद्यालय हाताभित्र मोबाइल प्रवेशमा रोक लगाएको छ । 
बागलुङ नगरपालिकास्थित अमृत उच्चमाविले विद्यालय हाताभित्र मोवाईल र मोटरसाईकल प्रवेशमा निधेष गरेको हो । कक्षामा अध्यापन गराईरहेका बेला मोबाइलले विद्यार्थीको पढाईमा भन्दा मोबाइलमा बढी ध्यान जान थालेपछि विद्यालय परिसरमा मोबाइल निषेध गरिएको प्रिन्सिपल महेशचन्द्र प्रधानले बताए । 
‘विद्यार्थीले पढाईमा भन्दा मोवाईलमा ध्यान दिन थालेको महसुस ग¥यौँ’ प्रिन्सिपल प्रधानले भने– ‘पठनपाठनलाई सहज बताउन उक्त निर्णय गरेका हौँ ।’ मोवाईल सेवा उच्च माविमाका विद्यार्थीलाई निषेध गरिएको हो । उक्त निर्णय कार्यान्वयन गर्न मोवाईल जफत सम्म गर्न सकिने समेत निर्णय गरिएको प्रिन्सिपल प्रधानले बताए । 

तबलामा औला दौडाउँदै युवा , साउन कृष्ण संयोग बागलुङ


        पाश्चात्य संगीतमा मधुमस्त बन्ने युवाहरुको लर्काे बढिरहेका बेला बागलुङका केही युवाहरु भने शास्त्रीय संगीतप्रति आकर्षित बनेका छन् । ड्रमको चर्काे तालमा ग्याजेज जडित गितार बजाएर जस्टिन बिबरका ‘बेबी बेबी’ गीत गाउने क्रेजी ब्वाईहरु बढिरहेका छन् । पाश्चात्य संगित हाबी हुँदा नेपाली मौलिक संगित लोप हुने त होइन भन्ने अनुत्तरित प्रश्न उठिरहँदा बागलुङको एउटा युवा जमातः जो शास्त्रीय संगितमा साधना गर्न तल्लीन छ ।   
      सानै छँदा तबलामा औलाहरु दौडाउने व्यग्र इच्छा साँचेका बागलुङ नगरपालिका–३ का उत्तम राजभण्डारीको अन्तत इच्छा पुरा भएको छ । नेपाल भाषा मंका खल बागलुङले तबला प्रशिक्षण तालिम जुराई दिएपछि राजभण्डारीको सपना साकार भएको हो । राजभण्डारी भन्छन्, ‘ढुङगा खोज्दा देउता मिल्यो’ झै भयो । 
नेपाल भाषा मंकाखल बागलुङले असार २१ गतेदेखि बागलुङमा तबला प्रशिक्षण शिविरको आयोजना गरेपछि बागलुङका तन्नेरीहरु दादारा, खेमता, कहरवा, रुपक, झपताल, एकताल, त्रिताल सिकिरहेका छन् । तबलाको तालमा युवाहरुले नारायण गोपालका कालजयी गीतहरु गुन्गुनाउँछन् ।  
संगित प्रशिक्षकको अभावमा तबला बाजामा पोख्त हुने इच्छा भित्रभित्रै सडाएका उत्तम हिजो आज तन मन लगाएर तवला सिक्न व्यास्त हुने गरेका छन् । पेसाले फाइनान्सियल उत्तम बाँकी समय तबला सिक्नमै विताउने गरेको बताउँछन् । ‘मेरो सानै देखि तवला बजाउने रुचि थियो’ उत्तमले भने– संगित सिकाउने ठाउँ थिएन बाहिर जाँदा पेसानै छोड्नु पथ्र्याे ।’ ‘बाजा मध्ये सर्वश्रेष्ठ तबलामा पोख्त हुने मेरो रहर पुरा हुने भयो’ उत्तमले मुस्कुराउँदै थपे– ढिलै भएपनि इच्छा पुरा हुने भएपछि हर्षले गदगद भएको छु ।’ 
अत्याधुनिक बाजाहरुको लोकप्रियता बढी रहेको यो समयमा बागलुङ नगरपालिका– ३ का १४ वर्षिय शुसान्त मेलपति पनि शास्त्रीय बाजा तबला सिक्नमै व्यस्ता रहेका छन् । कक्षा ८ मा अध्यानरत मेलेपति तबला सिकेर भविष्यमा राम्रो प्रशिक्षक बन्ने इच्छा व्यक्त गर्छन । ‘तबला सिक्ने ठुलो रहर थियो पुरा हुने भो’ मलेपतिले भने– गुरुको सिकाईकलाले साथीभाईसंग डुल्न घुम्नपनि मन लाग्दैन ।’ 
शास्त्रीय महत्व बोकेका तबला बाजा बागलुङ नगरपालिका बुद्ध विहारमा हरेक दिन साझँ ६ बजे देखि दुई घण्टा सिकाईने गरिन्छ । तवला सिक्नको लागि नियमति १६ जना युवाहरु आउने गरेको तबल प्रशिक्षक ललितचन्द्र शाक्याले बताए । 
मौलिक सास्कृतिको महत्व ओझेलमा परेकाले त्यसलाई पुन जीवित तुल्याउन तबला प्रशिक्षणको आयोगना गरिएको नेपाल भाषा मंकखला बागलुङका अध्यक्ष महेशचन्द्र प्रधानले बताए । मौलिक कला र संस्कृति विस्थापित हुन थालेको भन्दै अध्यक्ष प्रधानले यसको बचावटको लागि सवैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए । प्रशिक्षण १ महिनाको लागि भनिएपनि प्रशिक्षार्थीको माग अनुसार थप हुन सक्ने अध्यक्ष प्रधानले जानकारी दिए । 
पुष्पलाललाई सम्झनुको सार्थकता 
पुष्पलाल नेपाली कम्युनिष्टका संस्थापक हुन् । उनको ३४ आँै स्मृति दिवस हालै विविध कार्यक्रम गरी देशभर मनाइयो । यसक्रममा नेपालका कम्युनिष्टहरुले कम्युनिष्ट विचार र दर्शनको एकपटक स्मरण मात्र गरेनन् पुष्पलालको जीवनी, व्यक्तित्व र उनका नीतिहरुका बारेमा पनि अन्र्तक्रिया गरे । तर नेपाली कम्युनिष्ट आन्दोलन भने पुष्पलालको तय गरेको नीतितर्फ उन्मुख छैन बरु उल्टो दिशातिर गइरहेको छ । 
पुष्पलाल नेतालाई नभई नीतिलाई प्रधानता दिन्थे तर आज नेपालका सबैजसो कम्युनिष्ट घटकहरु नीतिलाई नभई नेतालाई प्रधानता दिइरहेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनको ठूलो तप्काको नेतृत्व यतिबेला नेकपा एमाओवादी र नेकपा एमालेले गरिरहेका छन् । तर यी दुवै पार्टीमा नीति तथा विचारको नेतृत्व भन्दा नेताको नेतृत्वलाई प्रधानता दिंदा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्ने हो कि भन्ने आशंका प्रबल बनेको छ । एमाओवादीमा सुरु देखि नै विद्यमान व्यक्तित्वको लडाईं वैचारिक र कार्यशैलीसँग सम्बन्धित बनेर आएको छ । यसक्रममा वैचारिक हिसाबले नमिल्नेहरु बीच पनि कार्यगत एकता गर्ने प्रवृति देखापरेको छ । मूल त पार्टीको मूल कुरा भनेकै विचार हो । माओवादीका नेताहरु कसको विचार सही भन्ने मन्थनमा भन्दा पार्टीकै एकअर्का नेतालाई तल्लो तहमा ओर्लेर आक्षेप लगाउन व्यस्त छन् । विचारमा एकरुपता भएन त्यस्तो एकता टालटुले भन्दा भिन्न नहुने निश्चित छ भन्ने कुरा नेताहरुले बुझेर बुझ पचाइरहेका छन् । तर उनीहरु विविध किसिमका लाभबाट प्रेरित र प्रभावित बनेका छन् । हालै एमाओवादीले आफ्नो विवाद समाधान भएको बताएको छ र प्रचण्ड कार्यविभाजनका लागि सहमत देखिएका छन् । तर त्यहाँ विचारमा नै मतभेद देखिएको त्यसकारण त्यो पुनः कुनै दिन फेरि नबल्झिएला भन्ने अवस्था छैन । आज उसको साम्यवादी समाज व्यवस्थाको स्थापनाको लक्ष्य त छलफलमा समेत आउन छाडेको छ भने नेताहरुमा पदका लागि हानथाप गर्ने प्रवृति देखिएको छ । वैचारिक हिसाबले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई एक ठाउँमा छन् भने वरिष्ठ उपाध्यक्ष मोहन वैद्य उनीहरु भन्दा भिन्न विचार राख्छन् । तर तात्कालिक एकता वैद्य र भट्टराईका बीचमा भएको छ, जुन लामो समय टिक्ला भन्न सकिने आधार छैन । अर्कोतिर नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको दोस्रो ठूलो दल एमालेको अवस्था पनि यो भन्दा भिन्न छैन । बहुचर्चित बुटवल महाधिवेशनबाट बहुपदीय नेतृत्वमा गएको एमालेमा अध्यक्ष झलनाथ खनाल कुनै दिन भिन्न मत राख्थे, मदन भण्डारी प्रतिपादित जनताको बहुदलीय जनवाद भन्दा । तर आज उनले भण्डारीकै विचारको नेतृत्व गरिरहेका छन् । तर भण्डारीको विचारको नेतृत्वको दाबा गर्नेमध्येको केपी ओली र माधव नेपाल भने अध्यक्ष निर्वाचित भएदेखि नै झलनाथ खनालसँग असन्तुष्ट रहँदै आएका छन् । वास्तवमा उनीहरुले झलनाथ खनाललाई अध्यक्ष नै स्वीकार्न सकिरहेका छैनन । फलतः सदावहार सत्तामा रहँदै आएपनि एमालेको साख भने झन्झन् कमजोर हुँदै गइरहेको छ र उसले पनि कम्युनिष्ट सपनालाई चटक्कै बिर्सेको आरोप झेलिरहेको छ । ससाना कम्युनिष्ट घटकहरुले नीतिलाई प्रधानता दिएको देखिदैन । शक्ति प्रयोग गर्ने अवस्था नभएकाले मात्र उनीहरु व्यवाहर त्यति बहसमा नआएको मात्र हो । 
पुष्पलालको स्मृति कर्मकाण्डी रुपमा मात्र गर्नाले त्यसले नेपाली कम्युनिष्ट आन्दोलनलाई गन्तव्यमा पु¥याउन सक्दैन । नेपालका कम्युनिष्ट पार्टीहरु फुट्न मात्र जानेका छन् भन्ने उदाहरणलाई सार्थक बनाउँदै पार्टीभित्र अनेक खाले अन्र्तसंघर्ष गर्दैमा पनि कम्युनिष्ट आन्दोलन अगाडि बड्न सक्दैन । त्यसका लागि त पुष्पलालले भनेजस्तै नेतामा भन्दा नीतिलाई प्रधानता दिनुपर्ने आवश्यकता छ, त्यसो भयो भने मात्र पुष्पलालको सम्झना गर्नुको सार्थकता रहन्छ । 

६ बर्षीय बालिका बलात्कृत बागलुङ,साउन


पछिल्लो समय बागलुङ जिल्लामा बलत्कारका घटनाहरु बढीरहेका बेला बागलुङ नगरपालिका भित्रै फेरि अर्की ६ बर्षीय बालिका बलात्कृत भएकी छिन् । बागलुङ नगरपालिका–११ बस्ने ६ बर्षीय बालिकालाई म्याग्दी भकिम्ले–३ का ५५ बर्षीय लालबहादुर श्रीषले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 
श्रीषले ३ दिनअघि ति बालिकालाई बलात्कार गरेको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । बालिका बलात्कार गर्ने श्रीसलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । घटनाबारे अनुसन्धान भईरहेको चर्तुवेदीले जानकारी दिए । बागलुङमा पछिल्लो एक महिनाको अवधीमा तीन बालिका बलात्कृत भएका छन् ।  
कृष्ण संयोग

विद्यालयमा मोवाईल र मोटरसाइल निषेध कृष्ण संयोग बागलुङ,


संचारको आक्रमक विकासंगै यसले मानवीय दैनिकीलाई सहज बनाएको छ भने अर्काेतर्फ यसबाट विकृतिहरु बढ्दै गएका छन् । कक्षा कोठामा शिक्षकले अध्यापन गराईरहेका बेला विद्यार्थीले बोक्ने मोबाइलका रिङटोन बजेर हैरान भएपछि बागलुङको एक विद्यालयले विद्यालय हाताभित्र मोबाइल प्रवेशमा रोक लगाएको छ । 
बागलुङ नगरपालिकास्थित अमृत उच्चमाविले विद्यालय हाताभित्र मोवाईल र मोटरसाईकल प्रवेशमा निधेष गरेको हो । कक्षामा अध्यापन गराईरहेका बेला मोबाइलले विद्यार्थीको पढाईमा भन्दा मोबाइलमा बढी ध्यान जान थालेपछि विद्यालय परिसरमा मोबाइल निषेध गरिएको प्रिन्सिपल महेशचन्द्र प्रधानले बताए । 
‘विद्यार्थीले पढाईमा भन्दा मोवाईलमा ध्यान दिन थालेको महसुस ग¥यौँ’ प्रिन्सिपल प्रधानले भने– ‘पठनपाठनलाई सहज बताउन उक्त निर्णय गरेका हौँ ।’ मोवाईल सेवा उच्च माविमाका विद्यार्थीलाई निषेध गरिएको हो । उक्त निर्णय कार्यान्वयन गर्न मोवाईल जफत सम्म गर्न सकिने समेत निर्णय गरिएको प्रिन्सिपल प्रधानले बताए ।