नक्कली नोट सहित पक्राउ परेकालाई बागलुङ ल्याईयो

बागलुङ, असार
बागलुङ जिल्लाको पश्चिम बुर्तिबाङ बजारबाट ३९ हजार ५ सय नक्कली रुपैया सहित पक्राउ परेका रुकुमका ज्योतीप्रसाद पुनलाई जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धानका लागिक सदरमुकाम ल्याएको छ । नेपाली गत २८ गते नेपाली ५ सय रुपैयाँका ७९ ओटा नोट सहित पश्चिम बुर्तिबाङ बजारबाट पक्राउ परेका थिए । रुकुमकोट–९ घर भई रकम सटही गर्दै बुर्तिबाङ पुगेका पुनलाई प्रहरीले नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि सदरमुकाम ल्याईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
नक्कली नोट सहित पक्राउ परी प्रहरी हिरासतमा रहेका पुनले आफुलाई आफ्नै मान्छेले फसाएको बताएका छन् । आफु विदेश जान भनी श्रृण काडेर हिडेको बताउँदै पुनले सो पैसा कहाँ के कसरी बनाईएको हो भन्ने बारेमा आफुलाई केही थाहा नभएको बताए । प्रहरीले घटनाका बारेमा शुक्ष्म अनुसन्धान भईरहेको बताएको छ ।