विशिष्ट श्रेणी ल्याएकी छात्रालाई उच्च शिक्षामा समस्या

सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा उत्तीर्ण भएकी यहाँकी एक दलित छात्रा उमावि पढ्ने खर्च जुटाउन मेलापात र मजदुरी गर्न थालेकी छिन् । आर्थिक अवस्था कमजोर भएको कारण उच्च शिक्षामा समस्या भएको छ । बागलुङ जिल्ला पैयुँपाटाको त्रिभुवन उमाविबाट विशिष्ट श्रेणीमा उत्तीर्ण १७ वर्षकी जानकी नेपाली खर्च अभावमा ज्याला मजदुरी खर्च जुटाउन थालेकी हुन् । बाबु कमाएको पैसाले खान लाउन पनि नपुग्ने भएपछि उच्च शिक्षाका लागि मेलापात गर्नु परेको जानकीले बताइन् । नेपालीको परिवारमा अहिले १८ जना संगै बस्छन् । कमाई गर्ने बाबु चित्र र काकाहरु गोविन्द र रुद्रले दैनिक मजदुरी गर्नुपर्ने भएपछि उनीहरुलाई उच्च शिक्षा पढाउने खर्च अभाव भएको हो । नेपाली दाजुभाइहरुले अहिले काठ र ढुङ्गाको काम १८ जना परिवारलाई पालेका छन् । नेपालीका बृद्व अपांग बाबु धनबहादुर र आमा कौशिला काम गनृ नसक्ने अवस्थामा छन् । चित्रका ५ सन्तान, गोविन्द र रुद्रका तीन तीन जना सन्तान गरी १८ जना अहिले एउटै छाप्रो मुनी बस्दै आएकोले नीहरुले जीवन कष्टकर छ । कक्षा १ देखि सधै प्रथम भएकी जानकी यस पटकको एसएलसीमा ८१ दशमलव ८७ प्रतिशत अंक ल्याएकी हुन् बागलुङको क्षेत्र नं.m २ बाट सामुदायिक विद्यालय तर्फ विशिष्ट श्रेणीमा उत्तिर्ण हुनजे उनी मात्र भएपनि उच्च शिक्षाका लागि आर्थिक अभाव भएको हो ।

विद्यालयमा पढ्दा जानकीले दलित छात्रवृत्तिको ५ सय रुपैया देखि एकहजार ७ सय रुपैयाँसम्म पाएकी थिइन् । उक्त रकमले
पोशाक र कापीकलम किन्ने गरेपनि उमावि पढ्नको लागि शुल्क तिर्न नसक्ने भएपछि मेलापातमा काम गर्नुपरेको बताइन् । विज्ञान विषय पढेर भविष्यमा डाक्टर बन्ने लक्ष्य बोकेकी जानकी उच्च शिक्षानै पढ्न नपाइने हो की भन्ने चिन्तामा छिन् ।
बाबुआमालाई विज्ञान विषय पढाइदिन दबाब दिन पनि नसकेको उनले गुनासो गरिन् । दैनिक कमाएर ल्याएकोृ पैसाले दुई छाक खान पनि नपुग्ने भएकोले पढ्ने खर्च माग्न सकेकी छैन ।नेपालीले भनिन् ‘सहयोगी पाएमा भविष्यमा डाक्टर बनेर वृद्व
हजुबुवा र उहाँजस्ताको सेवा गर्ने थिए ।’ २०५४ सालदेखि ढाड भाँचिर थलिएका हजुरबुवा धनबहादुर पनि उपचार अभावमा ओछ्यानमै छन् । परिक्षाफल आएको दिनमा पनि छिमेकीको कोदो रोप्न मेलामा गएकी जानकीलाई विद्यालयका शिक्षकहरुले परिक्षाफल थाहापाएर मात्र खबर गेका थिए । विद्यालयकापे नाम राख्न सफल भएपनि अहिले सम्म स्वागत कार्यक्रम भने विद्यालयले गरेको छैन । परिक्षाको समयमा पनि मै छर्ने तथा भारी खेप्ने काम गरिरहेकी नले बचेको समयमा मात्र पढेकी थिइन् । भाइ बहिनी सानाभएकाले घरको काममा सघाउने र बाबुको कमाइले मात्र खाननपुग्ने भएपछिद्ध आफुपनि मेलापातमा जानुपरेको नलेबताइन् । स्थानीय सामुदायिक वन उपभोक्ता समितमा ‘घ’वर्गमा सूचीकृत नेपाली परिवारको आफ्नै जग्गा जमिन समेतनभएकोले कमाइ गरेर खान नपुग्ने भएपछि मेलापात र मजदुरीमै जानु परेको हो ।

अंश खोज्दै २ वर्ष देखि बागलुङ सदरमुकाम बागलुङ असार

उमेरले ३ बिस नाघेकी बागलुङ दुदिलाभाटीकी एक बृद्धा बिगत २ बर्षदेखि न्याय खोज्दै सदरमुकाम धाईरहेकी छिन् । सदरमुकाम बागलुङमा शरणार्थी जीवनयापन गर्दै आएकी उनले दुई बर्षमा न त न्यायनै पाएकी छिन् न सम्बन्धीत निकायले उनको पिडा सुनेको छ ।
३४ बर्ष अघि दुदिलाभाटी गाविस गौँदीमा विवाह गरेकी दुदिलाभाटी गाविस–१ की ६५ बर्षीय रम्मा मगर अंशको खोजीमा बिगत दुई बर्षदेखि सदरमुकाममा भौतारिरहेकी छिन् । विवाह गरेपनि २८ बर्षसम्म माईतीमा बस्दै आएकी मगरका एक मात्र भाई शिवलाल पुनको २०६५ सालमा मृत्यु भएपछि उनका भाईको नाममा रहेको सम्पत्तीमा अरुले रजाई गर्दै आईरहेका छन् ।
भाईको क्रिया गरेका चौराहकै खड्के पुन र डिले पुनले २ रोपनी जग्गा हडपेपछि आफु घर न घाटको भएको मगरले बताईन । ‘मलाई भाई बित्दासाथ तेरो अधिकार छैन भन्दै घरमा पस्न दिएनन्’ आँशु पुच्छ्दै मगरले भनिन् ‘मुटुको रोगी म अहिले भौतारिँदै हिड्नु परेको छ ।’
जग्गा दिन्छन कि भन्दै आश गरेपनि भाई बितिको दुई बर्षसम्म पनि जग्गा नपाएपछि प्रहरी र महिला बिकास कार्यालय पुगेपछि आफ्नो पीडाको सुनुवाई नभएको मगरले बताईन् । ‘हातमा लालपुर्जा बोकेर न्याय खोज्न म प्रहरीकहाँ समेत पुँगे’ मगरले भनिन् ‘तर प्रहरीले अदालत जान भन्यो, अदालत जान सकेकी छैन ।’
उनका भाईको मृत्यु भएको २ बर्षसम्म सचिवले यो साता मात्रै मृत्यु दर्ता गरिदिएको मगरले बताईन । ‘भाईको मृत्यु भएको दुई बर्षसम्म मृत्यु दर्ता भएन्’ उनले भनिन् ‘बल्ल बल्ल यो साता मात्रै मृत्यु दर्ता त भयो तर नाता प्रमाणित भएको छैन ।’ सचिवले नाता प्रमाणित गर्दै जग्गा तिम्ले पाउँदिनौ भन्दै थर्काएको उनको दुखेसो छ । मुटुरोगी मगरलाई अस्पतालले मुटुको भल्व फेर्न भनेको छ तर उनीसंग पैसा नभएकाले त्यो सम्भव हुन सकेको छैन ।
मालपोत कार्यालय बागलुङले भने मृतक पुनका कोही आफन्त नभएको खण्डमा दिदिबहिनिनै पहिलो हकदार हुने बताएको छ । ‘कानुनी रुपमा मृतकको नजिकको हकदार को हो खोज्नुपर्छ’ मालपोत अधिकृत नारायण पाण्डेले भने ‘यदि मृतकका श्रीमती र छोराछोरी कोही पनि नभएको खण्डमा दिदीबहिनीनै पहिलो हकदार हुन्छन् ।

अदालतको आदेशपछि बालिकाको बिचल्ली कृष्ण संयोग बागलुङ,

आफ्नै आमाले दोस्रो बिवाह सँगै घर पनि बिक्रि गरेर गएपछि बागलुङ नगरपालिका ३ गुठीका एक बालिका बिचल्लीमा परेकी छिन् ।
पुनरावेदन अदालत बागलुङले सम्पति फिर्ता लिखत बदर तथा हक कायम मुद्दामा प्रतिवादीका पक्षमा फैसला गर्दैै आज बिहान प्रहरी लगाई घर खाली गराएपछि १३ बर्षिय सन्तोषी सार्की बिचल्लीमा परेकी हुन् ।
२०६१ सालमा जण्डिसका कारणले बुवा तिर्थबहादुर सार्कीको मृत्यु भएको र आमा गंगा सार्कीले ३ बर्ष अघि दोस्रो बिहे संगै घर विक्री गरेपछि गगाँ र घरधनी नन्दकुमारी सार्कीलाई बिपक्षी बनाई बालिकाको नामबाट जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
तर जिल्ला अदालतले गंगा र घर किन्ने सार्कीका पक्षमा फैसला गरेपछि उनीहरु पुनरावेदन गएका थिए । पनुरावेदन अदालतले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि मुद्दा दोहो¥याई पाउ भन्दै पीडित पक्ष सर्वोच्चमा पुगेका छन् । सर्वोच्चमा परेको मुद्दाका बारेमा आगामी साउन ९ गते पेशी हुदैछ ।
पिडित सन्तोषिले सर्वोच्चमा मुद्दा चलिरहदाँ पुनरावेदन अदालतले प्रहरी लगाई घर खाली गरेर आफ्नो गास, बास र कपासको अधिकार खोसेर न्याय खोज्दा झन् अन्याय गरेको बताउनुभयो ।
गगाँका ४ छोरी रिता, माया, दिपिका र सन्तोषी भएपनि ३ छोरीको बिहे भैसकेको छ भने कान्छी छोरी सन्तोषी मात्र अहिले जेठी दिदीको साथमा उक्त घरमा बस्दै आएकी थिइन् । सन्तोषीकी आमा गँगाले झण्डै आधा करोड पर्ने घर सहितको १६ हात जग्गालाई जम्मा १३ लाखमा बिक्रि गरी ५ लाख लिखतमा जग्गा पास गरेको पीडित पक्षले जनाएका छन् ।
जिल्ला अदालत बागलुङका रजिष्टार खीमबहादुर थापाले मुद्दा सर्वोच्चमा गएपनि पुनरावेदनको निर्णय कार्यान्वयन गर्न वाधा नपर्ने भएकाले फैसला कार्यान्वयनका क्रममा घर खाली गराएको बताउनुभयो । उहाँले सर्वोच्चले मुद्दा दोहो¥याउने क्रममा फैसला बालिकाको पक्षमा गरेमा पुनरावेदनको निर्णय बदर हुने बताउनुभयो ।

चोरी गर्ने सार्वजनिक कृष्ण संयोग बागलुङ,

जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाको पश्चिम बुर्तिबाङ क्षेत्रका बिभिन्न स्थानमा चोरी गरेको आरोपमा पक्राउ गरेका एक व्यक्तिलाई आज सार्वजनिक गरेको छ ।
चोरीको आरोपमा प्रहरीले पक्राउ गरेका अधिकारीचौर–७ का १८ बर्षीय कृष्णलाल सापकोटालाई उनले चोरी गरेका सामान सहित बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।
सापकोटाले स्थानीय बिद्यालय देखि विभिन्न पसलहरुमा समेत चोरी गरेको फेला परेको प्रहरीले बताएको छ । सापकोटाले चोरी गरेर कोठामा लुकाई राखेको अवस्थामा फेला पारेका बिभिन्न कम्पनीका १८ थान मोवाईल सेट, टर्चलाईट ६ थान, डाटा कुवुल १ थान, सोलार ३ थान, डिभिडि सहितको टिभि एक थान, खुकुरी, साउण्ड बक्स, प्रभु फाईनान्सको चेक, गाडीको सिसा, भलिवल, पेन ड्राईभ लगायतका २३ थरी सामाग्रीहरु सार्वजनिक गरेको हो ।
चोरीको आरोपमा पक्राउ परेका सापकोटालाई प्रहरीले विहीबारनै अदालतमा पेश गरी अनुसन्धानका लागि ३ दिनको म्याद लिएको छ । सापकोटाले बुर्तिबाङ बजारमा रहेको रवि पन्तको पसलबाट मोवाईल सेट सहित अन्य इलेक्ट्रोनिक्स सामानहरु र शिवालय उमावि अधिकारीचौरबाट पुस्तक, चक, भलिवल लगायतका सामानहरु चोरी गरेको प्रहरीले बताएको छ ।
शिवालय उच्च माविले प्रहरीमा दिएको जाहेरीका आधारमा सापकोटाको कोठामा खानतलासी गर्दा चोरीका  सामानहरु बरामतद भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।